पाँच महिनापछि बेलायतमा कोरोनाबाट सबैभन्दा धेरैको निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन २८, बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको छ ।
बेलायतमा डेल्टा भेरिएन्टको सङ्क्रमण पछिल्लो केही हप्तामा तीव्ररुपमा बढ्न थालेसँगै मृतकको संख्या पनि बढेको हो ।
गएको २४ घन्टामा १४६ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो ।
बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबारमात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।