हाइटीमा ७.२ म्याग्नेच्युटको शक्तिशाली भूकम्प, तीन सय चारको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, क्यारेबियन राष्ट्र हाइटीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तिमा तीन सय चार जनाको मृत्यु भएको छ ।

शनिबार आएको सात दशमलब दुई म्याग्नेच्युटको भूकम्पमा एक हजार आठ सय जना घाइते भएका छन् ।

हाइटीको सेन्ट लुइस दु सुद शहरबाट करिब १२ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प आएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ ।

भुकम्पले भवन, होटल तथा चर्चहरुमा क्षति पुगेको छ । भुकम्पको धक्का राजधानी पोर्ट औ प्रिन्समा पनि महसुस गरिएको थियो ।

हाइटीका प्रधानमन्त्री एरियल हेनरीले उद्धार कार्यका लागि अधिकारकर्मीहरु पठाइसकेको जानकारी दिनु भएको छ ।

उहाँले भग्नावशेषमा कतिपय मानिस फसेका हुन सक्ने भन्दै चाँडो उद्धार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । हाइटीमा सन् २०१० पछिको यो शक्तिशाली भुकम्प हो ।

प्रकाशित : 15 August, 2021

प्रतिक्रिया दिनुहोस्