जर्मनीले अफगानिस्तानलाई गर्दै आएको सहयोगमा रोक

सहयात्रा टिभी

काठमाडौं । भदौ २, जर्मनीले अफगानिस्तानलाई दिँदै आएको सहयोगमो रुपमा (विकास सहायता रकम) मा रोक लगाउने निर्णय गरेको छ ।

जर्मनीका विकास मन्त्री गर्ड मुलरले अफगानितानमा तालिवान सत्तामा पुगेपछि बिकास सहायता रोक्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै अफगानिस्तानको ठूला दाताको रुपमा रहेको जर्मनीले यसअघि अफगानिस्तानलाई वार्षिक ५ सय ६ मिलियन अमेरिकी डलर अफगानिस्तान पठाउने सहमति भएको थियो ।

उक्त रकम स्थानीय प्रहरी बलको तालिम, न्याय प्रणाली तथा महिलाको हक अधिकार सुनिश्चित गर्न र भ्रष्टाचार विरुद्धको अभियानमा खर्चिने पनि सहमति थियो ।

प्रकाशित : 18 August, 2021

प्रतिक्रिया दिनुहोस्