‘नेपाल आइडल सिजन–४’को अडिसन सुरु

काठमाडौं । भदौ २, सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को भदौ १ (मंगलबार)बाट डिजिटल अडिसन सुरु भएको छ ।
सो अडिसन भदौ ३१ सम्म दिन सकिने छ । अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गरी अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ तथा आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।
त्यस्तै डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् ।