अक्टोबरमा लण्डन म्याराथन हुँने

काठमाडौं । भदौ २, बेलायतको चर्चित एथलेटिक्स प्रतियोगिता लण्डन म्याराथन अक्टोबरमा हुने भएको छ ।
सन् २०२१ को लण्डन म्याराथन पनि अक्टोबरमै भएको थियो । त्यस संस्करणको उपाधि इथोपियन धावक शुरा किटाटाले जितेका थिए ।
त्यस्तै सेन्ट जेम्स पार्कमा हुने लण्डन म्याराथनको मिति भने तय भएको छैन । सन् १९८१ बाट सुरुवात भएको लण्डन म्याराथन अप्रिलमा हुँदै आईरहेको थियो ।