स्वतन्त्र दिवस मनाउने क्रममा दुई जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, अफगानिस्तानको असदाबाद शहरमा १ सय २ औं स्वतन्त्रता दिवस मनाउनेक्रममा भीडमा तालिवानले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

सांकेतिक तस्बीर

भीडमा एकजनाले तालिबान लडाकूलाई चक्कुले प्रहार गरेपछि तालिबानले भीडमा गोली हान्न सुरु गरेको थियो।

जलालाबादमा तालिबान लडाकूहरूले स्वतन्त्रता दिवसको अवसरमा अफगानिस्तानको राष्ट्रिय झण्डा फहराइरहेका मानिसहरुमाथि गोली प्रहार गर्दा एक व्यक्ति र एक किशोर बालक घाइते भएका छन्। अफगानिस्तान गणतन्त्रको राष्ट्रिय झण्डाको रक्षा गर्दै काबुलको सडकमा मानिसहरु बाहिर आएका छन्। एजेन्सीको साथमा ।

 

प्रकाशित : 19 August, 2021

प्रतिक्रिया दिनुहोस्