भीड लाग्ने भैरवनाथ मन्दिर हिजोआज सुनसान (फोटो फिचर)

सहयात्रा टिभी

पाल्पा । भदौ ४, भक्तालुहरुको निकै भीड लाग्ने रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान रहेको भैरवनाथ मन्दिर आजकाल सुनसान छ।

यस मन्दिरमा एसियाकै ठूलो त्रिशुल अवस्थित छ। त्यही त्रिशुल हेर्ने र त्रिशूलसँग फोटो खिच्न दैनिक सयौं मानिस आउने गर्दथे। मनोकांक्षा पूरा हुने भन्दै पूजा आराधना गर्ने र बलि चढाउँनेको घुइँचो नै लाग्ने गर्दछ।

कोरोना महामारीका कारण पछिल्लो समयमा भक्तालु आउन छाडेका छन्। मन्दिरमा सुनसान छ।

प्रकाशित : 20 August, 2021

प्रतिक्रिया दिनुहोस्