अञ्जु पन्त र बिन्ती कुमार गुरुङको ‘चोखो माया’ सार्वजनिक

काठमाडौं । भदौ ६, रोमान्टिक शैलीको ‘चोखो माया’ गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल सिंहको अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ ।
चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरले सुसज्जित ुचोखो मायाु बोलको गीत गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी सार्वजनिक गरिएको हो ।
स्वयम गायक गुरुङकै शब्द, संगीतमा तयार पारीएको गीतमा लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङ(एमएमपी)ले रेकर्डिङ गरेका हुन् ।