अफगानिस्तानको काबुल विमानस्थल बाहिर गोली हानाहान

काठमाडौं । भदौ ७, अफगानिस्तानको काबुल विमानस्थलबाहिर गोली हानाहान भएको छ ।
उक्त घटनामा अमेरिका नेतृत्वको नेटो सेना समेत सहभागी भएको बीबीसीले जनाएको छ ।
त्यस्तै अज्ञात बन्दूकधारी र काबुल विमानस्थल प्रबेशद्वारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच गोली हानाहान भएको हो। सो घटनामा एक जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ भने गएको साताको सुरुवातदेखि तीब्रता पाए यता बर्हिगमनको क्रममा कम्तिमा २० जनाको मृत्यु भएको छ ।