यसरी दाँतको क्यान्सरबाट जोगिन सकिन्छ

सहयात्रा टिभी

काठमाडौं । भदौ १०, नेपाल डेन्टल एसोसिएसनले विश्व मुख तथा दन्त स्वास्थ्य दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा दन्त चिकित्सकले सर्वसाधारणलाई दाँतको क्यान्सरबाट जोगिन सल्लाह दिएका छन् ।

सो एसोसिएसनले प्रत्येक वर्ष २० मार्चमा विश्व मुख तथा दन्त स्वास्थ्य दिवस मनाउने गर्छ । त्यस्तै डा. सेन्छेमा लिम्बूले विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनमा विश्वमा ९० प्रतिशत मानिस सोसम्बन्धी रोगबाट पीडित रहेको बताउँदै प्रत्येक दिन नियमित रूपमा दुई पटक ‘ब्रस’ गरी दाँतलाई सरसफाइ गर्न र दक्ष चिकित्सकसँग परामर्श लिन सल्लाह दिए।

सिद्धि पोलिक्लिनिकका डा. मधु श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै स्वस्थ्य दाँत, गिजा र मुखले मानिसलाई सधैँ स्वस्थ्य राख्ने हुँदा पीडित वर्ग र समुदाय त्यसतर्फ संवेदनशील बन्नु पर्ने बताए।

दन्त चिकित्सकले गैरकानुनी रूपमा चलाइएका मुख तथा दन्त स्वास्थ्य केन्द्र बन्द गर्न माग गरेका छन् । कार्यक्रममा एसोसिएसनका अध्यक्ष डा सुदीन शाक्यले पछिल्लो समयमा अनधिकृत रूपमा दन्त परीक्षण सञ्चालन हुन थालेकाले त्यस्ता व्यक्ति तथा संस्थालाई कानुनी कारबाहीको माग गर्दै सर्वसाधारणलाई नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त स्वास्थयकर्मीसँग मात्र उपचार गराउन पनि आग्रह गर्नुभयो । एजेन्सीको साथमा ।

प्रकाशित : 26 August, 2021

प्रतिक्रिया दिनुहोस्