अफगानिस्तानमा आईएसलक्षित अमेरिकी सेनाको हवाई हमला

सहयात्रा टिभी

काठमाडौँ । भदौ १२, अमेरिकाले अफगानिस्तानको नांगाहार प्रान्तमा इस्मामिक स्टेट (आईएस) समूहमाथि हवाई हमला गरेको छ । आईएस समूहलाई लक्षित गरी ड्रोन हमला गरेको अमेरिकाले जनाएको हो ।

अमेरिकी अधिकारका अनुसार गत बिहीबार काबुलस्थित विमानस्थलमा आतंकवादी हमला गराउने इस्लामी समूहको योजनाकार पनि मारिएको दाबी गरिएको छ ।

विमानस्थल बाहिर गराईएको आत्मघाती बम विष्फोटमा १ सय ७० जनाको मृत्यु भएको जानकारी दिइएको छ । उक्त आक्रमणमा १३ जना अमेरिकी सेना पनि मारिएको थिए ।

आत्मघाती विष्फोटको जिम्मा आईएसको एउटा गुट इस्लामिक स्टेट–खुरासान (आईएस–के) ले लिएको थियो ।

काबुल विमानस्थलमा भएको हमलापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनामा संलग्नलाई खोजेरै छाड्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : 28 August, 2021

प्रतिक्रिया दिनुहोस्