खराब मौसमका कारण काठमाडौँ आउँदै गरेको जहाज ओभरसुट

काठमाडौं । भदौ १४, चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको जनाईएको छ ।
मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको छ ।
आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको थियो । उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ । कतिपय गन्तव्यको उडान बिलम्ब भएको छ ।