वासिङटनमा भएको गोली काण्डमा ३ जनाको मृत्यु

काठमाडौं । भदौ, वासिङ्टन डीसीमा भएको गोली काण्डमा तीन जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् ।
त्यस्तै लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः ३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो ।
डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, “आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।”
प्रहरी प्रमुखले गोली चलाउने समूहको बारेमा जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनामको घोषणा गरेको बताईएको छ । एजेन्सीको सहयोगमा ।