केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन वुझायो, आयोगको निर्णयमाथि अदालतमा प्रश्न उठाउन नपाइने

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेश सभाको ३ सय ३० निर्धारण गरेको निर्वाचन क्षेत्रको टुंगो लगाउँदै अन्तिम प्रतिवेदन बुधबार प्रधानमन्त्रीलाई बुझाएको हो ।

आयोगका अनुसार अब प्रतिनिधिसभाका लागि प्रदेश नं. १ मा २८, प्रदेश नं. २ मा ३२, प्रदेश नं. ३ मा ३३, प्रदेश नं. ४ मा १८ निर्वाचन क्षेत्र हुनेछन् भने प्रदेश नं. ५ मा २६, प्रदेश नं. ६ मा १२ र प्रदेश नं. ७ मा १६ निर्वाचन क्षेत्र रहनेछन् । संविधानमा आयोगले गरेको निर्णयमाथि अदालतमा प्रश्न उठाउन नपाइँने व्यबस्था छ ।

प्रकाशित : 30 August, 2017

प्रतिक्रिया दिनुहोस्