अभिनेत्री तान्या लापता

सहयात्रा टिभी

काठमाडौं । भदौ २८, ३१ वर्षीया ब्रिटिस अभिनेत्री तान्या गत बिहीबारदेखि लसएञ्जल्सबाट वेपत्ता भएकी छन् ।

उनी सन् २०१८ मा बीबीसीको साइन्स फिक्सन ड्रामा ‘डक्टर हु’मा देखिएकी थिइन् ।

उनको परिवार तथा साथीका अनुसार उनको खोजी गर्न सामाजिक सञ्जालमा ‘ह्यासट्यागफाइण्डतान्याफियर’ अभियान चलाइएको बताईएको छ ।

तान्याले टेलिभिजनको ‘स्पोटलेस’, ‘इण्डइभोर’, ‘डीसीआइ बेङ्कस’ र ‘मिडसोमर मर्डस्’मा अभिनय गरेकी छन् भने उनले फिल्म ‘किक–एस २’ मा पनि अभिनय कला देखाएकी छन् । उनी हालैमात्र स्टेण्डअप कमेडीमा देखिएकी थिइन् ।

प्रकाशित : 13 September, 2021

प्रतिक्रिया दिनुहोस्