होण्डाले ल्यायो दशै तिहारको अफर

सहयात्रा टिभी

काठमाडौं । भदौ २८, होण्डाले ल्यायो अफर अब नेपालमा पनि होण्डा मोटरसाइकलका लागि दशै तिहारको अफर तथा स्कुटरको आधिकारिक बिक्रेता ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” ग्राहकवर्गहरु माझ ल्याएको छ ।

नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई एक लाख प्रदान गरिनेछ ।

यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी एक लाखसम्म नगद उपहार प्राप्त गर्न सकिेन छ । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्नुहुनेछ । यति मात्र नभई यस योजनामा तपाईंहरुले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् ।

बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : 13 September, 2021

प्रतिक्रिया दिनुहोस्