चीनमा शक्तिशाली भूकम्पः दुईको मृत्यु, ६० भन्दा बढी घाइते

काठमाडौं । भदौ ३१, आज बिहानै ३३ मिनेट जाँदा चीनको सिचुआन क्षेत्रमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन् ।
साथै भूकम्पले केही घरहरुमा क्षति समेत पु¥याएको छ । सिचुआन प्रान्तको राजधानी छङ्ग्दूदेखि २ सय किलोमिटर दक्षिण पूर्वमा भूकम्पको केन्द्र रहेको छ ।