बेलायतबाट ‘हामी नेपाली हामी गोर्खाली’ गीत सार्वजनिक

काठमाडौं । भदौ ३१, सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ।
गीतका शब्द सिर्जना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ। बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो।
त्यस्तै गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय देख्न सकिन्छ।
हेरौं गीतको भिडियोः