पारू र मनोजको स्वरमा ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । असोज ०५, पारू राई र मनोज थापा मगरको स्वरमा रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यस गीतमा पारूको शब्द रहेको छ भने गायक मनोजको संगीत र संगीत संयोजन गरेका हुन्। बेलायतका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारू राई फिचर्ड छन्। विशेष भूमिकामा दीलिप राईलाई पनि देख्न सकिन्छ।

हेरौं गीतको भिडियोः

प्रकाशित : 21 September, 2021

प्रतिक्रिया दिनुहोस्