केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुने, प्रत्यक्ष चुनाव जितेका नेतालाई मुख्य प्राथमिकतामा

सहयात्रा टिभी

काठमाडौं । एकलौटी ढंगले पार्टी सञ्चालन गरेकोमा बैचारिक असहमती जनाउदै थापा नेतृत्वको राप्रपासँग गएको साउन २२ गते छुट्एिर अलग भएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा सहभागी हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले गएको हप्ता मात्र दल दर्ता गरेको हो ।

सरकारमा सहभागी हुने भनिएको प्रजातान्त्रिक पार्टीले देशमा विद्यमान राजनीतिक अस्थिरता तथा अन्योलतालाई न्यूनीकरण गर्ने उद्देश्यले आफूहरु सरकारमा सहभागी हुन लागेको बताएको छ । सरकारमा सहभागी हुनका लागि प्रत्यक्ष चुनाव जितेका नेतालाई प्राथमिकतामा राखि सरकारमा जाने पार्टीले जनाएको छ ।

प्रकाशित : 1 September, 2017

प्रतिक्रिया दिनुहोस्