भ्रष्टाचारजन्य कसुरमा सजाय पाएकाले पनि चुनावमा सहभागी हुन पाउनुपर्ने प्रस्तावको कांग्रेसभित्रै विरोध

सहयात्रा टिभी

काठमाडौं । कांग्रेसका झन्डै डेढ दर्जन सांसद्ले भ्रष्टाचारजन्य कसुरमा सजाय पाएकाले पनि चुनावमा भाग लिन पाउनुपर्ने अडान लिएका छन् । कांग्रेसका सांसद्ले भ्रष्टाचारजन्य कसुरमा सजाय पाएको तीन वर्षपछि निर्वाचन लड्न पाउने प्रावधान राख्न संशोधन प्रस्ताव दर्ता गरेका छन् । केहि सांसदको सो मागपछि आफ्नै पार्टीभित्रै विरोध सुरु भएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि व्यवस्थापिका संसदमा विचाराधीन विधेयकमा राखिएका संशोधनप्रति पार्टी मात्र होइन, राजनीतिक वृत्तमा चर्को आलोचना भइरहेको छ । कतिपय वुद्धिजिवीले कांग्रेस नेतृत्व पंक्तिले भ्रष्टाचार मुद्दामा अदालतबाट सजाय भोगिसकेका नेतालाई नै प्राथमिकतामा राखेर निर्वाचन लड्न बाटो खोल्ने गरी यस्तो प्रावधान राख्न लगाएको आरोप लगाएका छन् ।

प्रकाशित : 1 September, 2017

प्रतिक्रिया दिनुहोस्