‘द भ्वाइस किड्स’ को ‘ब्लाइन्ड अडिसन’ सुरु हुँदै

सहयात्रा टिभी

काठमाडौं । असोज ११, गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रसारणमा आउने भएको छ ।

हालै ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न गरेको हिमालय टिभीले बालबालिकाकै गायन प्रतिभा निखार्ने उदेश्यले उक्त शो सुरु गरेको हो ।

६ देखि १४ वर्षका बालबालिकाको सहभागी रहने उक्त शो केही अगाडि बालबालिकाहरूको अडिसन सम्पन्न भएको ‘ब्लाइन्ड अडिसन’ तयारी भइरहको छ । शो प्रशारण भने एक महिना पछिबाट हुने पौडेलको भनाई रहेको छ ।

यो शोका लागि राजु लामा र प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’ कोच हुन् भने अन्य दुई कोचको रुपमा गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारी भित्रिएका छन् ।

 

प्रकाशित : 27 September, 2021

प्रतिक्रिया दिनुहोस्