रणबीर कपूरसँग कुन–कुन अभिनेत्री जोडिए?

काठमाडौँ । असोज १२, बलिउड अभिनेता रणबीर कपूरको आज ३९ औं जन्मदिन हो ।
उनको जन्म ऋषि कपूर र नीतू कपूरको परिवारमा भएको थियो। रणवीर बलिउडमा ‘चकलेटी हिरो’ भनेर पनि चिनिन्छन्।
रणबीर कपूरको नाम बलिउडका धेरै नायीकाहरुसँग जोडिएका छन् । बलिउडमा रणबीरको नाम कुन अभिनेत्रीसँग जोडिएको छ त ?
दीपिका पादुकोण–रणबीर कपूर र दीपिका पादुकोण एक समय बलिउडमा लोकप्रिय जोडी मध्ये एक थिए। एक भारतीय रिपोर्टका अनुसार रणबीरले दीपिकालाई धोका दिएका थिए, जस पछि यो सम्बन्ध लामो समय सम्म टिक्न सकेन।
कट्रिना कैफ–रणबीर कपूर र कट्रिना कैफले अजब प्रेम की गजब कहानीु मा रमाईलो केमिस्ट्रीले दर्शकहरुको मनोरन्जन गरेका थिए । यो फिल्मको सेटमा दुबै नजिक आए र चाँडै नै उनीहरु दुबै एक सम्बन्ध मा रहेको खबर सामने आउन थाल्यो। पछि उक्त जोडी एक तेस्रो व्यक्तिको कारणले टुटेको खबर बाहिरीएको थियो ।
अवन्तिका मलिक–बलिउडमा आफ्नो करियर सुरु गर्नुभन्दा पहिले नै रणबीर धेरै रंगीन थिए। फिल्ममा प्रवेश गर्नुअघि रणवीर कपूरकी प्रेमिका अवन्तिका मलिक थिइन्। तर, केहि कारणहरुले यो सम्बन्ध अघि बढ्न सकेन।
अमीषा पटेल–अभिनेता रणबीर कपूरको नाम बलिउड अभिनेत्री अमीषा पटेलसँग पनि जोडिएको छ। वास्तवमा, कट्रिनासँग ब्रेकअप पछि, रणबीर कपूर र अभिनेत्री अमीषाको अफेयरको खबर बाहिर आएको थियो ।
आलिया भट्ट–हाल रणबीर कपूरको आलिया भट्टसँग रिलेशनशिपमा छिन् र चाँडै रणबीर आलियासँग विवाह गर्न तयारीमा रहेका छन् । आफ्नो जन्मदिनको दुई दिन अघि रणबीर आलियाको साथ जोधपुर पुगेका छन्।