चलचित्र ‘चिसो मान्छे’ तिहारमा रिलिज हुन्छ कि हुँदैन ?

काठमाडौँ । असोज १२, लकडाउन अगाडि नै निर्माण सम्पन्न भइसकेका चलचित्र दसैंमा पनि रिलिज नभएपछि तिहारमा आउँछन् कि आउँदैनन् भन्ने दर्शकको चासो बढेको छ ।
त्यस्तै निर्देशक दीपेन्द्र के खनाल आफ्नो चलचित्र ‘चिसो मान्छे’ तिहारमा रिलिज हुन्छ कि हुँदैन भन्ने निश्चित नरहेको बताउँछन् ।
तिहारमा चलचित्र रिलिजका लागि पनि अहिले नै निश्चित हुनुपर्ने अन्यथा ढिलो हुने उनको भनाइ रहेको छ । टिजर, पोस्टर, ट्रेलर, पब्लिसिटीलगायतका लागि पनि समय चाहिने भएकाले समय मै रिलिजका लागि प्रदर्शक र वितरकले निश्चित गर्नुपर्ने उनी बताउँछन् ।