फिल्म ‘डाँडाको वर–पिपल’ले ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७, फिल्म ‘डाँडाको वर–पिपल’को ट्रेलर सार्वजनिक भएको छ ।
दशैँको अवसर पारेर असोज २६ अर्थात फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डाँडाको वर–पिपल’ शोभित बस्नेतले निर्देशन गरेका हुन् । बस्नेतको निर्देशन रहेको यो ३१ औं फिल्म हो ।
कालाकार भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेलको अभिनय फिल्ममा समेटिएको छ फिल्ममा समेटिएको छ ।