र्यापर भिटेन फिल्ममा हिरोको रोल निभाउदैँ

काठमाडौं । असोज १९, बुढासुब्बा डिजिटलले निर्माण गरिरहेको फिल्म ‘रत्नपार्क’मा र्यापर भिटेन हिरोको रुपमा देखिन लागेका हुन् ।
‘‘रत्नपार्क’को कथामा भिटेन बाहेकका हिरो सुहाउँदैन । त्यसैले उनी छानिएका हुन्’ गिरीले भने ‘फिल्मको केही भाग छायाँकन भएको छ । भिटेनको पाटो छायांकनका लागि जाडो मौसम आवश्यक रहेकोले हामी मंसिर, पुसको पर्खाइमा छौ ।’
फिल्मको कथा आफ्नो जीवनसँगसम्म पनि केही सम्बन्धित रहेकोले आफैले लेखेको जानकारी दिएका गिरीले भिटेनले फिल्मका लागि १८ लाख पारिश्रमिक लिएको सुनाए ।