“दिमाग हल्लिने अफर” अब मात्र रु ८९९ मा १०० एमबिपिएस डिशहोम फाईवरनेट

सहयात्रा टिभी

काठमाडौं । असोज २०, विगत ११ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवा लाई देशभर विस्तार गरिरहेको छ ।

ईन्टरनेट वितरणको सुरुवाती चरणमानै गुणस्तरीय र उत्कृष्ट सेवा मार्फत उल्लेख्य ग्राहकहरुको रोजाईमा डिशहोम फाईवरनेट पर्न सफल भएको छ ।

अव ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नुहुनेछ ।

१०० एमबिपिएस ईन्टरनेट सवै भन्दा सस्तो मुल्यमा जडान गरि स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्नुहुनेछ । २०७८ असोज ११ गते देखि “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन भईरहेकोछ यो योजना अन्तरगत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ ।

प्रकाशित : 6 October, 2021

प्रतिक्रिया दिनुहोस्