टेलिभिजन शो रामायणमा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको निधन

सहयात्रा टिभी

काठमाडौं । असोज २०, टेलिभिजन शो रामायणमा लङ्काका अधिपति रावणको भूमिका निभाइसकेका अभिनेता तथा पूर्व सांसद अरविन्द त्रिवेदीको मंगलबार राती निधन भएको छ ।

उनी ८३ वर्षका थिए । अरविन्द त्रिवेदीका भतिजा कौस्तुभ त्रिवेदीले उनको निधनको खबर पुष्टि गर्दै भने, ‘मंगलबार राती १० बजे उनको निधन भएको हो । पछिल्लो २–३ दिनदेखि उहाँको स्वास्थ्य स्थिति खराब थियो । यद्यपि, उनलाई त्यस्तो खासै ठूलो रोग भने थिएन ।’

 

प्रकाशित : 6 October, 2021

प्रतिक्रिया दिनुहोस्