नोराले अल्लु अर्जुनको फिल्ममा आइटम डान्सको लागी भारु २ करोड मागिन्

काठमाडौं । असोज २१, हालै अभिनेता अल्लु अर्जुनको नयाँ फिल्म ‘पुष्पा भाग १’को समूहले नोरालाई आइटिम गीतमा काम गर्न प्रस्ताव राखेको छ।
‘पुष्पा भाग १’ रिलिज हुनुअघि नै पोस्टर र गीतबाट हलचल मचाइसकेको फिल्म हो।
सुरुमा आइटम गीतका लागि अभिनेत्री दिशा पटानी र पूजा हेडगेसँग कुरा गरिएको थियो। उनीहरुले अस्वीकार गरेपछि नोरालाई प्रस्ताव गरिएको छ। यता नोरा फतेहीले सो आइटम गीतमा नृत्य गर्न दुई करोड भारु पारिश्रमिक माग गरेकी छन्।
रिर्पोटका अनुसार ‘पुष्पा भाग १’ फिल्मका निर्माताले नोरालाई आइटम गीतको लागि लिने वा नलिने भनेर निश्चित भएको छैन।