मलेरिया ज्वरो आएको छ ? यसो गर्नुहोस्

सहयात्रा टिभी

काठमाडौं । असोज २४, अत्यधिक गर्मीका कारण तराईमा फैलिने यो ज्वरो लामखुट्टेको टोकाइले आउने गर्छ ।

मलेरियाबाट नै मेनेन्जाइटिस, इन्सिफ्लाइटिस, कालाज्वर आदि अनेक किसिमका ज्वरो आउँछन् ।

त्यसैले सचेत भई घरपरिवारको वातावरणलाई सफा राखी खानपानमा राम्रो ध्यान दिनुको साथै झुल टाँगेर सुत्ने गर्नुपर्छ । यो रोग लागेमा सर्दी लागेजस्तो हुनु, जीउ जाडोले थर्थर काम्नु, कामज्वरो आउनु, अनुहार फुस्रो हुनुजस्ता लक्षणहरु देखा पर्दछन् ।

उपचारका लागी आँकका कलिला पातहरु चपाउने वा पानीसँग मिलाएर दिनको तीनपटक दुई हप्तासम्म सेवन गर्नाले वा निमको बोक्राको काँडा पानीमा धनिया तथा सुठोको १/१ चम्चा चूर्ण मिलाई दिनको ३ पटक सेवन गर्नाले रातिराती आउने ज्वरो पूर्णरुपमा निको हुन्छ ।

त्यस्तै महमा पिप्लाचुर्ण मिलाएर केही दिन खानाले मलेरिया ज्वरो नाश हुन्छ ।

-‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित : 10 October, 2021

प्रतिक्रिया दिनुहोस्