भारतमा २४ घण्टामा थपिए १४ हजार संक्रमित

काठमाडौं । असोज ३१, भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा कोरोना संक्रमीतको संख्या ३ करोड ४० लाख ६६ हजार ७६० पुगेको छ । तीमध्ये ३ करोड ३४ लाख १२ हजार १३८ जना निको भइसकेका छन् ।
यही अवधिमा भारतमा १४६ जनाको मृत्यु भएको छ भने १९ हजार ७८५ जना निको भएका छन् ।
त्यसैगरी ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यससँगै हालसम्म कोरोनाबाट ४ लाख ५२ हजार १५६ जनाको मृत्यु भइसकेको छ ।