विदेश जानुभन्दा आफैं उद्यमी बन्नुपर्छ : गभर्नर

सहयात्रा टिभी

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले रोजगारीका लागि मुलुकभित्र प्रशस्त अवसर रहेको बताउनु भएको छ । आईतवार पाल्पामा सिटिजन्स बैंक इन्टरनेसनलको उद्घाटन गर्दै गभर्नर डा. नेपालले काम गर्न सक्नेका लागी देशमै ठूलो अवसर रहेको बताउनु भएको हो । युवाहरु रोजगारीका लागि विदेश जानुभन्दा आफैं उद्यमी बन्नुपर्ने उहाको भनाई थियो ।

कृषि, उद्योग, व्यवसाय सञ्चालनका लागि सहयोग गर्न बैंक तथा वित्तीय संस्थाको स्थापना भएको बताउँदै उहाले विदेश गएर अरुको नोकर भएर काम गर्ने प्रवृत्ति त्याग्न सबैलाई आग्रह गर्नुभयो । गभर्नर नेपालले आईतबार कृषि विकास बैंक लिमिटेडको उपशाखा कार्यालयको समेत उद्घाटन गर्नु भएको थियो ।

प्रकाशित : 3 September, 2017

प्रतिक्रिया दिनुहोस्