महिला बढी संक्रमित
काठमाडौं । कार्तिक ९, कोरोना संक्रमण महिलामा बढी देखिएपनि मृत्यु हुनेमा भने पुरुषको संख्या अगाडी रहेको छ । डब्लुएचओका अनुसार कोरोनाबाट मृत्यु हुनेमा ५७।६ प्रतिशत पुरुष रहेका छन् भने ४२।४ प्रतिशत महिला रहेका छन् ।
नोभेम्बर २०१९ देखि चीनबात शुरु भएको कोरोनाले अहिलेसम्म विश्वभर ४९ लाख ६० हजार भन्दा बढीको ज्यान लिएको छ भने २४ करोड ४५ लाख भन्दा बढी संक्रमित भएका छन् । यसैबीच विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले सार्बजनिक गरेको एक रिपोर्ट अनुसार कोरोना संक्रमण पुरुषभन्दा महिलालाई बढी भएको छ । रिपोर्टका अनुसार कुल संक्रमित मध्ये महिला ५१।३ प्रतिशत संक्रमित भएका छन् भने पुरुष ४८।७ प्रतिशत संक्रमित भएका छन् ।
त्यस्तै रिपोर्टका अनुसार महिला पुरुष दुवैमा ३० देखि ३९ बर्षका सबै भन्दा बढी संक्रमित रहेका छन् । यस उमेर समुहका चार करोडभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै ४० देखि ४९ उमेर समुहका डेढ करोडभन्दा बढी संक्रमित भएका छन् ।
रिपोर्टका अनुसार मृत्यु हुनेमा ८० बर्षभन्दा बढी उमेरका को संख्या सबैभन्दा बढी रहेको छ ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ७ लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने ब्राजिलमा ६ लाख भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै भारतमा ४ लाख ५५ हजारभन्दा बढीको मृत्यु भएको छ भने मेक्सिकोमा २ लाख ८६ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै रसियामा २ लाख ३० हजारभन्दा बढी, पेरुमा २ लाख भन्दा बढी, इन्डोनेसियामा एक लाख ४३ हजार भन्दा बढी बेलायतमा एक लाख ३९ हजार भन्दा बढी, इटालीमा एक लाख ३० हजार भन्दा बढी र कोलम्बियामा एक लाख २७ हजार भन्दा बढीको ज्यान गएको छ ।