नेपाल उत्कृष्ट १० भित्र पर्नुलाई व्यवसायीले सुखद माने

काठमाडौं । कात्तिक १२, नेपालमा घुमनै पर्ने ठाउहरु धेरै छन । ति मध्य घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ ।
सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट विश्वको उत्कृष्ट गन्त्वयको सूचीमा छन् ।
त्यस्तै गरी कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला लोन्ली प्लानेटको सूचीमा नेपाल उत्कृष्ट १० भित्र पर्नुलाई व्यवसायीले सुखद मानेका छन् । यसबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायी एवम् टानका पूर्वमहासचिव मोहन लम्साल बताउँछन् ।