बेलायतमा बिना जानकारी एक व्यक्तिको घर विक्री भएको खुलासा

काठमाडौँ । कात्तिक १६, बेलायतमा एक व्यक्ति त्यतिबेला छक्क परे जब उनी घर फर्किए। उनको घर पूर्ण रुपमा खाली थियो र बिना उनको जानकारी घर बेचिएको थियो।
मालिक रेवरेन्ड माइक हललाई जब यस बारेमा छिमेकीले जानकारी दिए तब उनी कुद्दै लुटन शहरमा रहेको आफ्नो घर फर्किए। त्यहाँ उनले देखेकी घरमा कम भइरहेको थियो र त्यहाँ रहेका एक व्यक्तिले उक्त घर आफ्नो भएको दाबी गरिरहेका थिए।
जब यस बारे अनुसन्धान भयो तब पत्ता लाग्यो कि यो चोरीको घटना थियो। बीबीसीका अनुसार माइक हलको पहिचान चोरेर उसको घर बेचिएको थियो भने बैंकबाट रकम पनि झिकिएको थयो। प्रहरीले सुरुमा उनीसँग यो धोकाको केस नभएको बताएको थियो तर अहिले प्रहरीले यसबारे जाँच गरिरहेको छ।
उक्त घरका मालिक माइक हल उक्त घरमा बस्दैन्। उनी कामका लागि नर्थ वेल्समा बस्छन्। उनले बताए अनुसार २० अगस्टमा उनका छिमेकीले फोनमा घरमा बत्ति बलिरहेको र कोही भएको बताएका थिए। भोलिपल्टै उनी घरमा पुगे।
जब म घर पुगर ढोका खोल्न खोजे खुलेन। फेरि भित्रबाट एक व्यक्तिले ढोका खोलें। मैले उनलाई धक्का दिए र भित्र गएँ। मलाई केही थाहा थिएन कि उनी त्यहाँ के गरिरहेका छन्।
भित्र पसेपछि म छक्क परें । भित्र फर्निचर, कार्पेट, पर्दा केही पनि रहिन्छ उनले बीबीसीसँग भने। त्यसपछि उनले प्रहरीलाई फोन गरे। तर बिल्डर त्यहाँबाट निक्लिए र नयाँ घर मालिकका बुवालाई लिएर आए। जसले जुलाईमा आफूले घर किनेको र अब घर आफ्नो भएको बताए।
प्रहरीले घटनाबारे जाँच गरिरहेको भएपनि अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन। १ लाख ३१ हजार पाउण्ड ९२ करोड १३ लाखमा घर बेचिएको थियो। कानुनी रुपमा घर अब नयाँ मालिकको हो। घर बिक्रीसँग जोडिएका वकिलका अनुसार यो प्रहरीको जाँचको विषय हो र यसकारण यसबारेमा अहिले केही भन्न सकिँदैन।
(एजेन्सीको सहयोगमा)