ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु

सहयात्रा टिभी

ताप्लेजुङ । कार्तिक २३, पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो ।

ताप्लेजुङ जिल्ला अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भएको छ ।

जिल्ला अस्पतलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नसके पाथीभरा मन्दिरमा दर्शन गर्न आउने धार्मिक पर्यटक, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न तथा ताप्लेजुङको विभिन्न पर्यटकीयस्थलमा आउने पर्यटकरुलाई पनि सहज रुपमा सेवा दिनसकेमा पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने भएको छ ।

प्रकाशित : 9 November, 2021

प्रतिक्रिया दिनुहोस्