कांग्रेसको क्रियाशील सदस्य विवाद सकिएको

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २४ , कांग्रेस अधिवेशन हुन बाँकी रहेका १३ वटा जिल्ला बाँके, कैलाली, सप्तरी, सिराहा, सर्लाही धनुषा, रौतहट, महोत्तरी, धनुषा, सुर्खेत, डोल्पा, रसुवा र पर्सामा कार्तिक २७ गते वडा अधिवेशन हुँदैछ ।

वडा अधिवेशन सकिएपछि ती जिल्लामा कात्तिक ३० गते पालिका अधिवेशन हुने निर्वाचन समिति सदस्य तेजप्रसाद रावलले जानकारी दिए । ३ हिमाली जिल्लाको दार्चुला, म्याग्दी सोलुखुम्बु र जुम्लामा मंसिर १ गते जिल्ला अधिवेशन र कात्तिक २७ प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदैछ ।

यस्तै, मंसिर १० मा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन हुनेछ । मंसिर ३ गते ६१ जिल्लामा प्रदेशसभा अधिवेशन र ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन हुने निर्वाचन समितिले जानकारी दिएको छ।

 

प्रकाशित : 10 November, 2021

प्रतिक्रिया दिनुहोस्