छक्का पञ्जा ४ कहिले प्रदर्शन ?

काठमाडौं । कार्तिक २६, ‘छक्का पञ्जा–४ स्क्रिप्टको काम आधा सकियो । अब बाँकी काम चाँडै सकेर स्क्रिप्ट लक गर्ने योजना अनुसार काम भइरहेको छ । दीपकले भने उनका अनुसार फागुनमा चलचित्र छायांकनमा जाने छ ।
चलचित्रको स्क्रिप्ट तयार भएको भए अहिले आफू छायांकनमा गइसकेको हुने थिएँ भन्दै उनले अगाडि थपे, “अहिले आएर स्क्रिप्ट लक गरेर बस्नु पर्ने रहेछ भन्ने फिल भइरहेको छ ।”
लकडाउन अगाडि चलचित्र ‘छक्का पञ्जा ४ को स्क्रिप्ट लेखिरहेको ‘छक्का पञ्जा टिम त्यही वैशाखमा छायांकनमा जाने र गत वर्षको दसैँमा नै चलचित्र रिलिज गर्ने तयारीमा थियो ।
तर, कोरोनाको त्रासका कारण लकडाउन भएपछि स्क्रिप्टको काम छोडेर दीपकराज गिरी र दीपाश्री निरौला अरु नै कामतर्फ मोडिए । दीपकले फार्म हाउसको तयारी सुरु गरे भने दीपक र दीपाले सिनेमा हल निर्माणको काम सुरु गरे । जसका कारण स्क्रिप्ट लेखनको काम थाँती रहेको थियो ।