नेपाल बन्द गरौ भन्दै विवेकशील साझाको प्रर्दशन

काठमाडौं । कार्तिक ३०,नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।
नेपाल बन्दको कारण उपत्यकामा बिहानैदेखि यातायात देखि व्यापार व्यवसाय ठप्प छन् । मजदुरी गर्ने श्रमिकहरुलाई नेपालबन्दले मर्कामा पारेको भन्दै बन्द नगर्न बन्द विरोध भइरहेको छ ।
विवेकशील साझा पार्टीले आज माइतीघरमा नेपाल बन्दको विरोधमा प्रदर्शन गरेका छन् । विवेकशीलले नेपाल खुल्ला छ भन्ने सन्देश दिने खालको व्यानर बोकेर माइतीघरमा प्रदर्शन गरेका हुन् ।