तापक्रम घट्दै चिसोबाट बच्न चेतावनी

काठमाडौं । मंसिर १, दिन प्रतिदिन चिसो बढ्दै गएको छ। मौसम दैनिक तापक्रम घट्ने क्रम चलिरहेको छ।
बिहीबारसम्म आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। शुक्रबार भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। साथै चिसोबाट बच्न सुझाव दिँदै मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ, ‘वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ । यो पनि बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस ५ भन्दा तल छ ।