नर्वे आउट नेदरल्याण्ड्सले बनायो विश्वकपमा स्थान

सहयात्रा टिभी

काठमाडौं । मंसिर १, युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत मंगलबर राति भएको खेलमा नर्वेलाई २–० ले पराजित गरेर नेदरल्याण्ड्सले विश्वकपमा स्थान बनाएको हो ।

पराजित भएको नर्वे भने कतार विश्वकपमा खेल्न नपाउने भएको छ । घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्ड्सका लागि मेम्फिस डिपे र स्टिभन बेर्ग्वीज्न गोल गरेका हुन् ।  स्टिभनले ८४ औँ तथा डिपेले इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि नेदरल्याण्ड्स समूह जी को शीर्ष स्थानमा रहेको छ । मन्टेनेग्रोलाई २–१ ले पराजित गरेको टर्की २१ अंकसहित समूहको दोस्रो स्थानमा छ ।

प्रकाशित : 17 November, 2021

प्रतिक्रिया दिनुहोस्