कोरोना अपडेटःनेपालमा ७८ लाख ७६ हजारले लगाए कोरोनाविरुद्धको खोप

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ६, खोप अभियान सुरु भएको १० महिनाको अवधिमा एक करोड ६८ लाख ८३ हजार १६० मात्रा खोप लगाएको हो।

त्यस्तै हालसम्म लक्षित समूहको ४६ प्रतिशतले पहिलो मात्रा र ३९ प्रतिशतले दोस्रो मात्रा खोप पाएको मन्त्रालयको तथ्यांक छ।
प्रदेश २ मा ३३ प्रतिशत जनसंख्याले पहिलो मात्रा, १७ प्रतिशत दोस्रो मात्रा लगाएको मन्त्रालयको भनाइ छ।

बागमती प्रदेशमा ६९ प्रतिशत पहिलो मात्रा खोप लगाउँदा ५७ प्रतिशतले दोस्रो मात्रा खोप लगाइसकेका छन्। त्यसैगरी गण्डकीमा ६१ प्रतिशतले पहिलो मात्रा र ३७ प्रतिशतले दोस्रोमात्र खोप लगाएका छन्।

लुम्बिनी प्रदेशमा ३८ प्रतिशतले पहिलो मात्रा २७ प्रतिशतले दोस्रो मात्रा खोप लगाएको तथ्यांक छ ।

कर्णालीमा भने ३३ प्रतिशतले पहिलो तथा २२ प्रतिशत दोस्रो मात्रा खोप लगाएका छन्। त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशतले पहिलो मात्रा, २९ प्रतिशत जनसंख्याले दोस्रो र ७ प्रतिशत जोन्सन खोप लगाएका छन्।

प्रकाशित : 22 November, 2021

प्रतिक्रिया दिनुहोस्