कांग्रेसले तयारी नपुगेको भन्दै अधिवेशन स्थगित

सहयात्रा टिभी

काठमाडौं कार्तिक ७, १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुको संघीय प्रतिनिधिसभाको अधिवेशन तथा निर्वाचन मंगलबार हुने भनिएपनि प्राविधिक कारणले अधिवेशन स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्त र जिल्ला सभापति सुरेन्द्र राज आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

मंगलबार स्थगित तीन वटै क्षेत्रको अधिवेशन र मतदानका लागि अर्को सूचनामार्फत जानकारी दिइने पनि कांग्रेसले जनाएको छ।

प्रकाशित : 23 November, 2021

प्रतिक्रिया दिनुहोस्