जेनिफर लोपेज चौथो पटक विवाह बन्धनमा बाँधिने

काठमाडौं कार्तिक ८, चर्चित हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो पटक विवाह बन्धनमा बाँधिने भएकी छन्।
उनले आफ्नो प्रेम र विवाहका बारेमा पनि बताएकी हुन्। अहिलेसम्म तीन पटक विवाह गरिसकेकी उनी चौथो विवाहको तयारीमा पनि जुटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ‘मलाई लाग्छ म अर्को विवाह गर्न सक्छु। म विवाहपछिको खुसीमा शतप्रतिशत विश्वास गर्छु’, उनले भनेकी छन्।