कपिल शर्मा शोकी पाहुना स्मृति किन सुटिङ नगरी फर्किइन् ?

काठमाडौं कार्तिक ८, आफ्नो किताब ‘लाल सलाम’ को प्रोमोशनका लागि कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई सेटका गार्ड नै चिन्न सकेनन् र सेटमा जान रोके । रिसाएकी मन्त्री सुटिङ नगरीकनै फर्किइन् ।
उनी यो शोमार्फत् आफ्नो किताबबारे कुरा गर्ने तयारीमा थिइन् ।त्यसपछि प्रोडक्सन टीमले स्मृति इरानीसँग कुरा गर्न असाध्यै धेरै कोसिस गर्यो तर अन्ततः सुटिङ नै रद्द गर्नुपर्यो ।
त्यसपछि ठूलो संख्यामा प्रहरी बल त्यहाँ पुग्यो र कपिलको प्रोडक्सन टीमबाट निकै बेरसम्म कुराकानी चल्यो । जब कुरा हुन सकेन, तब प्रोडक्सन टीमले सेटसँग सम्बन्धित मानिसलाई घर जान भने ।