कागती पानी पिउँदा हुने बेफाइदाहरु

सहयात्रा टिभी

काठमाडौं कार्तिक ९, कागती पानी पिउँदा डिहाइड्रेन र पाचन प्रक्रियासम्बन्धी समस्यालाई कम गर्छ । साथै, यसले तौल कम गर्न पनि मद्दत गर्छ । तर, धेरै मात्रामा कागती पानी पिउँदा शरीरलाई बेफाइदा हुन्छ ।  के–के बेफाइदा हुन्छ

दाँतमा समस्याः कागतीमा अधिक मात्रामा अम्लीयपना हुन्छ । त्यसैले बारम्बार दाँतमा लाग्दा दाँतको इनामेललाई खराब गरिदिन्छ । त्यसैले दाँतलाई खराब हुन नदिन स्ट्रको प्रयोग गर्न सकिन्छ । दाँतमा एसिड सीधा लाग्न नदिने यो उपाय उपयुक्त हुन्छ ।

पेट खराबः पानीमा धेरै कागती मिसाउँदा पेटमा ग्यास्ट्रोओसोफेगल रिफ्लक्स र एसिड रिफ्लक्स जस्ता समस्या हुन सक्छ । यस्तो समस्या कागती जस्ता अमिला फलफूलबाट सुरु हुन्छ । यसका कारण छातीमा जलन, बान्ता हुने आदि समस्या हुन जान्छ ।

छालामा किटाणुःकागतीको बोक्रामा सुक्ष्म जीव पाइन्छ जुन रोगको कारण बन्नसक्छ । यसबाट बच्नका लागि पानीमा कागतीलाई सिङ्गै हाल्नुभन्दा यसको एक वा दुई थोपाको प्रयोग गर्न सकिन्छ ।

प्रकाशित : 25 November, 2021

प्रतिक्रिया दिनुहोस्