आज कांग्रेसको जिल्ला अधिवेशन

काठमाडौं कार्तिक १०,नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ।
हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको भए पनि एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको भने जिल्ला अधिवेशन हुन बाँकी रहेको थियो। यसअघि दुई निर्वाचन क्षेत्र भएको गोरखामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ।
हालसम्म ३० भन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य घिमिरेले बताए। शुक्रबार देशभरका ३० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढ्ने घिमिरेको भनाइ छ। रासस