७३ करोडमा बनेको महालेखा परीक्षकको भवन राष्ट्रपतिद्धारा उद्घाटन

काठमाडौं कार्तिक १०,अनामनग रस्थित महालेखा परीक्षकको कार्यालयको नवनिर्मित ‘अडिट भवन’ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।
भवनमा परम्परागत र आधुनिक शैलीको मिश्रण गरिएको हुँदा बाहिरैबाट हेर्दा चिटिक्क र आकर्षक देखिन्छ ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन पालना गरी देशको समृद्धिको लागी तीनै तहका सरकारको काम कारवाही सम्बन्धमा सुधार योजना बनाएर लागू गर्न आग्रह गरिन् ।
बर्षेनी बेरुजू रकम बढ्ने तर फर्छयौट नहुने अवस्थाको कारण सम्बन्धमा गहन अध्ययन विश्लेषण गरी सुधार गर्नु जरुरी रहेको राष्ट्रपति भण्डारीको भनाई थियो ।