भण्डारी कपिलवस्तुमा

काठमाडौं मंसिर १६, राष्ट्रपति विद्यादेवी भण्डारीले बाणगंगा नगरपालिका(२, नन्दनगरस्थित कैलाश आश्रममा पूजाआजा गरेकी छन् । राष्ट्रकल्याण २७ औं ज्ञानमहायज्ञमा सहभागी हुन उनी कपिलवस्तु आएकी हुन् ।
उनले नेपालमै सबैभन्दा अग्लो बनाउन लागिएको कैलाश विश्वनाथ ज्योर्तिलिंगको शिला पूजा पनि गरिन् । १ सय २७ फिट अग्लो ज्योर्तिलिंगको करिब १० करोडको लागतमा बनाउन लागिएको छ ।
हेलिकप्टरबाट आएकी राष्ट्रपति भण्डारी एक घण्टा पूजाआजा र मन्तव्य राखेर लुम्बिनी फर्केकी थिइन् ।