आयोगद्धारा ९६ दललाई चुनाव चिन्ह प्रदान (सूचीसहित)

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संसदको चुनावका लागि राजनीतिक दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले ९६ दललाई चुनाव चिन्ह दिएको हो । प्रदेश र संसदको चुनाव मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव हुँदैछ । सो चुनावमा भाग लिन ९५ दलले आयोगमा निवेदन दिएका थिए । आयोगले एकल चुनाव चिह्नमा लड्न चाहने दुई वा दुई भन्दा बढी दललाई एउटै चुनाव चिन्ह दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न दिइएको आयोगले जनाएको छ ।

यसरी एउटै चुनाव चिन्ह प्राप्त गर्नेमा नेकपा माओवादी केन्द्रसँगै समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टीले एउटै चुनाव चिन्ह पाएका छन् । त्यस्तै, माले र जनसमाजवादी पार्टीले एउटै चुनाव चिन्ह पाएक छन् । यस्तै, राष्ट्रिय शिवसेना र राष्ट्रिय नागरिक पार्टीले सिपाही तथा पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आधुनिक पार्टी नेपालले पनि एउटै चुनाव चिन्ह पाएका छन् ।

यस्तै गरि, एउटै चुनाव चिन्ह पाउनेमा राप्रपाबाट फुटेर बनेका दुई वटा दल राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीलाई आयोगले हलो चुनाव चिन्ह दिएको छ । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई आयाताकारभित्रको हलो र पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई गोलाकारभित्रको हलो चुनाव चिन्ह दिइएको छ ।
हेर्नुहोस् कुन कुन दलले के चुनाव चिह्न पाए (सूचीसहित)

Election Sign

प्रकाशित : 8 September, 2017

प्रतिक्रिया दिनुहोस्